+
+

अनिल सिंहले ल्याए देउडा शैलीको गीत ‘रेलिमोई’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १८:२०

काठमाडौं । आई लभ यु, प्रेमपत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानिसकें लगायतका चर्चित गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् ।

नेपाली पपसंगीतका यी हस्तीले यसपटक देउडा शैलीमा गीत प्रस्तुत गरेका हुन् । अनिलकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयं फिचर्ड पनि छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द छ । सप्तरंग नामक सांगीतिक टुरमा रहँदा देउडा गीत गाउन प्रस्ताव आएको र त्यसपछि गीत निर्माण अघि बढेको उनले सुनाए ।

गीतमा अनिलसँगै इटालियन मोडल मार्गोस तटेला र निर्मल सिग्देल पनि फिचर्ड छन् । गीतको भिडियोमा सिजिआई, भीएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेले गरेका छन्। म्युजिक स्टेटले गीतको छायांकन, सम्पादन र निर्देशन तयार पारेको हो ।

‘रेलिमोई’ सार्वजनिक भएसँगै सांगीतिक सक्रियता बढाएको अनिलले बताए । आफ्ना हिट गीतहरु ‘इञ्जिन गाडीमा २’ र ‘आई लभ यु २’ गीत पनि सार्वजनिक गर्ने उनको तयारी छ । उनले आफ्ना हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दैछन् । गीत संगीतको बदलिंदो ट्रेन्डलाई अध्ययन गर्न जरुरी रहेको भन्दै उनले केही समय कन्सर्टमा व्यस्त हुने बताएका छन् ।

कन्सर्टमा गीत सुनिएपछि मात्र भिडियोमार्फत गीत सार्वजनिक गर्ने तयारी छ । ‘इञ्जिन गाडीमा पार्ट २ टुर’ मा उनीसँगै ब्याण्ड समेत रहनेछन् । उनीहरुले काठमाडौं उपत्यकाको भीडभाड हुने क्लबमा कन्सर्ट गर्नेछन् ।

ब्याण्डमा भोकलिस्ट अनिल स्वयं छन् भने किबोर्डमा सुनिल सिंह, लिड गिटारमा अनिश मानन्धर, बेस गिटारमा सन्दीप गुरुङ र ड्रमरमा प्रज्वल निर्वाण छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?