+
+

सर्लाहीमा लागूऔषधसहित २ युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १०:४०

५ साउन, जनकपुरधाम । सर्लाही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको हरिवन-९ दनुवारीबाट ना.२० प ९३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक चितवनको कालिका नगरपालिका ३ बस्ने ३५ वर्षीय दीपक खत्री र पछाडि सवार काभ्रेपलान्चोकको रोशी गाउँपालिका ४ बस्ने २६ वर्षीय विजय लामा छन् ।

उनीहरूको साथबाट डाइजेपाम ४९५ एम्पुल, फेनारगन ५ सय एम्पुल, स्पासमो प्रोक्सीभोन प्लस १४४ एम्पुल र लेबल र नाम नखुलेको ५ सय एम्पुल बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

प्रहरीलाई देखेपछि भित्री सडकतर्फ भाग्ने क्रममा बुधबार राति उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?