+
+

सरकारलाई एमालेको प्रश्न : यो भन्दा नालायकी के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १४:४२

५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताका समस्याप्रति सरकार गैरजिम्मेवार बनेको बताएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मूल्यवृद्धि र महंगीप्रथि सरकार संवेदनहीन भएको आरोप लगाए ।

दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीको मूल्य बढेको, तर न्यूनतम ज्याला नबढेको भन्दै उनले भने, ‘आम सर्वसाधारण कसरी बाँचिरहेका छन्, सरकारको ध्यान छ यो विषयमा ?’ मूल्य नियन्त्रणका लागि राहत दिने, सुपथ मूल्य पसल चलाउने, बजार अनुगमन र कारबाही गर्ने लगायतका उपाय रहेको भन्दै एमाले उपमहासचिव ज्ञवालीले भने, ‘सरकारको ध्यान यो कुनै पनि विषयमा छैन ।’

यसबारे बहस गर्नुपर्ने बेला एम अधिकारी को हो भनेर विषयान्तर गर्न खोजेको ज्ञवालीले दाबी छ । मध्यम वर्गलाई समेत आच्छुआच्छु भएको भन्दै उनले सरकारको संवेदनहीनताले आहत पुर्‍याएको बताए ।

संसदले रुलिङ गर्दा समेत किसानले मल नपाएको, विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको उनले बताए । ‘अहिले पनि विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुर्‍याउन नसक्ने ? यो भन्दा नालायकी के हुनसक्छ । अहिले पनि किसानलाई मल उपलब्ध गराउन नसक्ने ? यो भन्दा गैरजिम्मेवार के हुनसक्छ,’ एमाले उपमहासचिव ज्ञवालीले संसदमा भनेका छन्, ‘गरिबीको रेखामुनि परेका जनतालाई राहत दिन नसक्ने हो भने सरकार हुनु र नहुनुको के अर्थ रहन्छ ?’

सरकार जनताका समस्याहरुप्रति गैरजिम्मेवार र मूल्यवृद्धि नियन्त्रणको मामिलामा तमासे समेत बन्न नसकेको उनले बताए । ज्ञवाली भन्छन्, केही गर्न नसकेपनि तमासेले त कमसेकम बिग्रिरहेको देख्छ । तर सरकार आँखा चिम्म गरेर गैरजिम्मेवार ढंगले अगाडि बढिरहेको छ ।’

यसबारे सरकारलाई रुलिङ गर्न समेत उनले सभामुखसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?