+
+

आयोजना प्रभावितलाई सिक्लेस हाइड्रोपावरको आईपीओ आजबाट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १०:५२

६ साउन, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले शुक्रबारबाट आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना निमार्ण गरिरहेको प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

इच्छुक स्थानीय लगानीकर्ताले आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा छिटोमा साउन २० गते उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि भदौ ५ गते थप हुनेछ । आइपीओ निष्कासनको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रभावित क्षेत्रका स्थानियलाई निष्कासन गरेको आईपीओ सर्वसाधराणलाई निष्कासन गरेको मितिले ३ वर्षपछि मात्रै बिक्री गर्न पाइनेछ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीले कास्कीको मादी गाँउपालिकामा १३ मेगावाट क्षमताको मद्क्यु खोला जलविद्युत आयोजना निर्माण गरी १९ चैत २०७४ देखि विद्युत् उत्पादन गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?