+
+

विवादमा ललितपुरको मेट्रिक ठेगाना प्रणाली, चर्को शुल्कको विरोध

शुल्क पुनरावलोकन गर्ने महानगरको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १३:४४

६ साउन, काठमाडौं ।  ललितपुर महानगरपालिकाको मेट्रिक ठेगाना प्रणाली विवादमा परेको छ ।  ललितपुर महानगरपालिकाले मेट्रिक प्रणालीमा आधारित घर नम्बर राखेबापत १ हजार रुपैयाँ शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमा महानगरको निर्णयको विरोत्र भएकहो हाे ।

वडा नम्बर ३ मा गत वर्ष नै घर नम्बर जडान गरेको महानगरले सबै वडामा एकसाथ प्लेट जडानको काम गरिरहेको छ ।  महानगरपालिकाले सम्पत्ति कर चुक्ता गर्दा घर नम्बर प्लेटबापतको रकम पनि अनिवार्य बुझाउनुपर्ने गरी सूचना प्रकाशित गरेपछि विरोध सुरु भएको हो ।

साधारण प्लेट जोड्न समेत १ हजार रुपैयाँ शुल्क लिएपछि  स्थनीयले निर्णयको आलोचना गरेका हुन् । ललितपुर महानगरका प्रवक्ता राजु महर्जन ३ नम्बर वडाका सबै घरमा नम्बर प्लेट जडान भएर शुल्क समेत उठाइसकिएको बताउँछन् । ‘धेरै जनाले शुल्क महँगो भएकोबारे चासो राख्नु भएको छ, यसबारे हामी पुनर्विचार गर्न सक्छौं,’ उनी भन्छन्,’यो निर्णय यसअघिको कार्यकालमै नगरकार्यपालिकाबाट भएको हो, अहिलेको कार्यापालिकाले त्यसलाई निरन्तरतता मात्रै दिएको हो ।’

उनका अनुासर एउटा वडामा शुल्क समेत उठाइसकेकाले निर्णय फिर्ता लिन पनि अप्ठेरो हुने बताए । तर, महानगरले यसबारे गम्भीर छलफल र बिमर्स गरेर निर्णय लिने उनको भनाइ छ ।

महानगरपालिकाले निर्णय पुनरावलोकन गर्ने भन्दै शुक्रबार सूचना निकालेर कर चुक्ता गर्दा घर नम्बर प्लेटबापतको रकम पनि अनिवार्य बुझाउनुपर्ने  व्यवस्था स्थगित गरेको बताएको छ ।

ललितपुर महानगरले गत वर्षबाट वैज्ञानिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याएको थियो । बढ्दो शहरीकरणसँगै घर संख्या बढ्दै जाने अवस्थामा पनि नगरवासीका घर सहजै पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याइएको प्रवक्ता महर्जन बताउँछन् ।

सम्बन्धित सडक/मार्गको चोक तथा मिलन विन्दु (दोबाटो /चौबाटो) देखि घरको दूरी (लम्बाई) का आधारमा घरको नम्बर राख्ने मेट्रिक ठेगाना प्रणाली हो । उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोहि आधारमा घर-घरमा नम्बर प्लेट राखिएको छ ।

यो प्रणालीमा सडक/गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो कोहीले खोजेको घर पत्ता लगाउन सक्ने महर्जनले बताए । घरसँग जोडिएको सडकको सुरुको बिन्दुदेखि घरको मूल ढोकासम्मको दूरी घरको नम्बर प्लेटमा राखिने भएका कारण घर पत्ता लगाउन सहज हुने हुन्छ ।

घरको नम्बर राखेर महानगरका सम्पूर्ण सडक र गल्लीको नाम र घर नम्बर गुगल म्यापमा समावेश गर्ने ललितपुरको योजना छ । ‘भविष्यमा गुगल म्यापबाटै घर नम्बर पत्ता लगाउन सकिने गरी यो कार्यान्वयन गर्न लागेका हौं,’ प्रवक्ता महर्जनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?