
७ साउन, काठमाडौं । वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । भूकम्पले ठूलो जनधनको क्षति भयो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरू ध्वस्त भए । नौ हजारभन्दा बढी मानिसको मृत्यु भएको भूकम्पपछि नेपालसामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो ।
रातारात घरबारविहीन बनेका कतिपय मानिसको त घर बन्यो तर कतिपय अझै घरबारविहीन छन् । भूकम्पले भत्काएका कतिपय सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण भयो भने अझै कतिपय सम्पदाहरू भग्नावशेषको रुपमा रहेका छन् ।
राजनीतिक खिचातानिका बीचमै कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवारले अझै पालमुनि जीवन व्यतित गरिरहेका छन् । सांस्कृतिक सम्पदाको हविगत पनि त्योभन्दा फरक छैन ।
भूकम्प गएको ७ वर्ष पूरा भइसकेको छ । यो बीचमा केही स्थानमा राम्रैसँग सांस्कृतिक सम्पदा ठडिएका छन् भने कतिपय स्थानमा अझै पुनर्निर्माणको काम नै अघि बढ्न सकेको छैन ।
यतिबेलासम्म रानीपोखरी निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ । तर कतिपय राजधानीमा नै रहेका राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु अझै जीर्ण छन् ।

कतिपय भवन अभावमा कार्यालयहरु यसै जोखिमपूर्ण भवनमै सञ्चालनमा छन् । २००७ सालअघि राणापरिवारको अधिनमा रहेका यी भवन पछिल्ला समय सरकारी कामकाजका अड्डाका रुपमा प्रयोगमा थिए ।
केही भवन पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिएपनि धेरै भवन लथालिङ्ग अवस्थामा छोडिएको छ । यी भवन बनाउँदा बज्र प्रयोग गरिएको थियो ।
जंगबहादुर बेलायत भ्रमण गरेर फर्कंदा सुर्की (इटाको धुलो, चुन) प्रयोग गरेर सिमेन्टको विकल्पको रुपमा प्रयोग गरिएको थियो ।
आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा र राज्यले आवश्यक चासो नदेखाउँदा भग्नावशेष बनेका राणाकालीन भवन समेट्ने
प्रयास गरेको छ ।
तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल











प्रतिक्रिया 4