+
+
Shares

वीरगञ्जमा २ दिनदेखि हराएकी ४ वर्षीया बालिका मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ७ गते ९:५७

७ साउन, वीरगञ्ज । वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी ४ वर्षीया बालिककाको शव फेला परेको छ । वीरगञ्ज-२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो । बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन् । तर, अभिभावकले छोरी हराएको निवेदन साउन ६ गते शुक्रबार मात्रै प्रहरीकोमा दिएका थिए ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरी टोलीले शव जाँच मुचुल्का तयार गरी शव पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।

बालिकाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । १४ वर्षीय बालक र अर्का एक जनालाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धानमा असर पर्न सक्ने भएकोले पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखेको छ । दुवै जनाले घटनामा आफूहरुको संलग्नता अस्वीकार गर्दै बालिकाको लडेर मृत्यु भएको दाबी गरेका छन् ।

प्रहरीले घटना किन र कसरी भयो ? घटनामा को को संलग्न थिए भन्ने अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले हत्या नै भएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको जानकारी दिए । ‘गालामा चोट देखिन्छ । लास जाँच मुचुल्का भइरहेको छ’ उनले भने, ‘त्यसपछि शव पोष्टमार्टमका लागि पठाउँछौं, रिपोर्ट आएपछि हत्या हो वा अन्य कारणले मृत्यु भएको यकिन गर्न सकिन्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?