+
+

मन्कीपक्सलाई लिएर डब्ल्यूएचओको विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ७ गते २१:१३

७ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठनले मंकीपक्सको प्रकोपलाई लिएर विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।

विश्वव्यापी स्वास्थ्य संकटकाललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो चेतावनी मानिन्छ । मंकीपक्सका बिरामी तीब्ररूपमा बढेपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।

संगठनका महानिर्देशक डा टेड्रस अधानम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सको १६ हजार बिरामी रहेको जानकारी दिएका छन् ।

यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

यतिबेला विश्वमा कोरोना भाइरस र पोलियो गरी अन्य दुई स्वास्थ्य आपतकाल विद्यमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?