+
+

धौलागिरि लघुवित्तले २४ साउनदेखि आईपीओ निष्कासन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १२:३०

८ साउन, काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ साउनदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ । कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ३ लाख ९ हजार २९५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा छिटोमा २९ साउन र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा ७ भदौसम्म आवेदन दिने अवधि बढ्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

पछिल्लो तिन आर्थिक वर्षको परिस्कृत वित्तीय विवरण अनुसार लघुवित्त लगातार नाफामा रहेको छ । आब २०७७/७८ को लेखापरिक्षण पछिको विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६६ पैसा रहेको छ ।

हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ निष्कासनपछि १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?