+
+

बार्सिलोनामा लेवान्डोस्की र औबामेयाङको ‘रियुनियन’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १४:३९

८ साउन, काठमाडौं । पोल्याण्डका रोबर्ट लेवान्डोस्की र गाबोनका पिएरे एमरिक औबामेयाङले सन् २०१३-१४ को सिजन जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सँगै खेलेका थिए ।

त्यतिबेला जर्मनीमा यो जोडी खुबै जमेको थियो । त्यतिखेर दुवै युवा थिए । करियरको उत्कृष्ट फर्ममा थिए ।

८ वर्षपछि उनीहरु दुवैजना फेरि एउटै क्लबबाट खेल्दैछन् । यस पटक भने यी दुई फरवार्ड स्पानिस क्लब बार्सिलोनामा टिममेट बनेका छन् । सन् २०१० देखि २०१४ मा डर्टमण्डमा खेलेर छाडेपछि लेबान्डोस्की जर्मन प्रतिद्वन्दी बायर्न म्युनिख पुगे । जहाँ ८ वर्ष बिताका उनी लेजेण्ड बनेर बाहिरिए ।

उता औबामेयाङ भने सन् २०१८ मा प्रिमियर लिग क्लब आर्सनल पुगे । लेवान्डोस्कीले छाडेपछि पनि उनले करिब ४ वर्ष डर्टमण्डमा खेले । आर्सनलमा पनि ४ वर्ष खेलेपछि उनी गत फेब्रुअरीमा बार्सिलोना पुगे । नयाँ सिजन सुरु हुनुअघि लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध भएकाले फेरि यी दुई एकै क्लबमा भएका हुन् ।

लेवान्डोस्की र औबामेयाङ दुवै अहिले ३३ वर्ष भइसकेका छन्। तर विश्वकै चर्चित क्लबमा यी जोडीको प्रदर्शन भने हेर्नलायक हुने अपेक्षा छ ।

जसरी उनीहरुले सन् २०१३-१४ को सिजन बायर्नका लागि खेलेका थिए । त्यसबेला यी दुई मिलेर ४४ गोल गरेका थिए । जहाँ लेवान्डोस्कीले २८ गोल गर्दा औबामेयाङले १६ गोल गरेका थिए ।

डर्टमण्डमा रहँदा तीन जनाको फरवार्डलाइनमा लेवान्डोस्की र औबामेयाङले दुई तिहाई भाग ओगड्थे । लेवान्डोस्की सेन्ट्रल स्ट्राइकरको रुपमा खेल्ने भने औबामेयाङ र मार्को रिउस दायाँ र बायाँ खेल्थे ।

२०१३-१४ को सिजन गोल्डेन बुट जितेका लेवान्डोस्की च्याम्पियन बायर्न लागेपछि औबामेयाङले सेन्ट्रमा खेल्ने थाले ।

लेवान्डोस्कीको आगामनले पुरै बार्सिलोना परिवार र बार्सिलोनाको समर्थकसँगै पुराना साथी औबामेयाङलाई पनि उत्साहित बनाएको छ । म एकदम धेरै उत्साहित छु किनकी म उनलाई राम्रोसँग चिन्छु र हामीले डर्टमण्डमा केही समय सँगै खेल्यौँ र केही उत्कृष्ट समय बितायौँ,’ औबामेयाङले भने । ‘हामीले पहिलेको भन्दा अहिले अझ धेरै अनुभवी भएका छौँ । म निश्चित छु हामीले डर्टमण्डमा प्राप्त गरेको उपलब्धी भन्दा अहिले धेरै गर्छौँ ।’

यस्तै औबाम्याङले लेवान्डोस्कीको आगमनले बार्सिलोना अझ नयाँ उचाइमा पुग्ने विश्वास राखेका छन् । ‘बार्सिलोनासँग भएको उत्कृष्ट स्ट्राइकरहरुको साथले बार्सिलोनाले उपाधि जित्नका लागि प्रतिस्पर्धा गर्न सक्छ । उनको क्षमता गज्जबको छ र म उसँग खेल्दा सधैं रमाउँछु ।’

अब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभीलाई यी दुई फरवार्डबाट उत्कृष्ट प्रदर्शन निकाल्नुपर्ने चुनौती थपिएको छ ।

बार्सिलोनाले फरवार्ड लाइन बलियो बनाउने क्रममा राफिन्हालाई पनि भित्र्याएको छ । यस्तै मिडफिल्डर फ्रांक केस्सी पनि बार्सिलोनामा अनुबन्ध भइसकेका छन् ।

शनिवार बिहान लस भेगासमा रियल मड्रिड विरुद्धको एल क्लासिकोमा १-० को जित निकाल्दा उनै राफिन्हाले गोल गरे । उक्त खेलमा लेवान्डोस्कीले पनि पहिलो रोजाइमा खेल्दै बार्सिलोनाका लागि डेब्यु गरे । औबामेयाङ उनै लेवान्डोस्कीको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?