
८ साउन, काठमाडौं । प्रतिनिधि सभामा आइतबार दुई पटक गणपुरक संख्याको माग भयो ।
कारागार विधेयक पारित गर्ने तयारी हुँदै गर्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपुरक संख्या यकिन गर्न माग गरे । माग अनुसार यकिन गर्दा गणपुरक संख्या नपुगेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरिदिए ।
१५ मिनेटपछि फेरि बैठक बस्यो । दोस्रो बैठकमा पनि सांसद सुवालले गणपुरक संख्या यकिन गर्न माग गरे । दोस्रो पटक गणपुरक संख्या माग भएपछि कोही सांसद हाँसे त कोही खिन्न भए ।
सभामुखले गणपुरक संख्या यकिन गर्न निर्देश गरे । त्यसपछि सभामुखले गणपुरक संख्याका लागि २७५ सदस्यमध्य एक चौथाई ६९ सांसद उपस्थित हुनुपर्नेमा ७१ सांसद उपस्थित रहेको रिजल्ट सुनाए । त्यसपछि सांसदहरुले गडगडाहट ताली बजाएर गणपुरक संख्या पुगेकोमा खुसी व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4