+
+
Shares

भदौमा हुने भनिएको नाडा अटो शो स्थगित

रासस रासस
२०७९ साउन ८ गते २०:१०

८ साउन, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ । नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

नाडाले आगामी ७ भदौदेखि १२ भदौसम्म काठमाडौंमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो । सरकारले १ साउनदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो शो को तयारी थालेको नाडाले प्रतिबन्ध लम्बिएसँगै अटो शो स्थगन गरेको हो ।

देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १ साउनमा राजपत्रमा सूचना प्रकाशन नै गरी १५० सीसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे सवारी साधन आयातको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ ।

सरकारले प्रतिबन्ध लम्ब्याएसँगै नाडाले आयोजना गर्न लागेको अटो शो केही समयका लागि स्थगन गरिएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए । ‘सरकारले भदौ १४ गतेबाट सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाए पनि हामीले दशैँ अगाडि अटो शो गर्न नसक्ने भयौं, अटो शो आयोजना गरेर मात्र हुँदैन, शोमा देखाउन गाडी ल्याउन सक्ने अवस्था नै नभएपछि हामीले अनिश्चित कालका लागि अटो शो स्थगनको निर्णय गरेका हौं’ उनले भने ।

महासचिव उप्रेतीका अनुसार सवारी साधन आयातमा सहज हुँदा भारतबाट गाडी ल्याउन मात्र डेढ महिनालाग्छ भने अन्य देशबाट नेपालमा गाडी आयात गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गर्छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?