+
+

यी हुन् एक वर्षमा नेपालले आयात र निर्यात गरेका प्रमुख १० वस्तु

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ साउन ९ गते १८:१३
फाइल तस्वीर

९ साउन, काठमाडौं । मुलुकको ढुकुटीमा विदेशी विनिमय अभावका बीच नेपालले आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै उच्च मूल्यको माल/वस्तु आयात गरेको पाइएको छ । एक वर्षमा नेपालले कुल १९ खर्ब २० अर्बको वस्तु आयात गर्दा कुल निर्यात २ खर्ब रुपैयाँको मात्रै छ ।

एकै वर्षमा १७ अर्ब बढीको व्यापार घाटा हुँदा नेपालमा आयात हुने प्रमुख १० वस्तुको सूचीमा विलासिता वस्तु सुन समेत छ । कुल आयातमा प्रमुख १० प्रकारका वस्तु आयातमा मात्रै ५ खर्ब ९३ अर्ब ६९ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ ।

भन्सार विभागकाअनुसार अघिल्ला वर्षहरुमा जस्तै सो वर्ष पनि धेरै आयात हुने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ, खाने तेल, कोइला, सुन, स्टिल्स लगायत छन् । नेपालबाट निर्यात हुने वस्तु तेल, धागो, कार्पेट, टेक्स्टायल, अलैंची लगायत छन् ।

धेरै आयात भएका प्रमुख १० वस्तु

गत वर्ष सबै भन्दा धेरै आयात हुने प्रमुख वस्तुमा डिजेल छ । यो वर्ष १ खर्ब ६८ करोड २३ लाख ३२ हजार मूल्य बराबरको एक अर्ब ७५ करोड ४९ लाख ३३ हजार लिटर डिजेल नेपाल आयात भएको छ । नेपाल आयल निगमकाअनुसार यो आयात अघिल्लो वर्ष भन्दा २ प्रतिशतले बढी हो ।

दोस्रो धेरै आयात हुने वस्तुमा पेट्रोल छ । नेपालले एक वर्षमा ७१ अर्ब ३८ करोड ४२ लाखको ७३ करोड ८५ लाख ३६ हजार लिटर पेट्रोल आयात गरेको छ । तेस्रो धेरै आयात गरेको वस्तु खाना पकाउने ग्याँस हो । यो वर्ष ५३ करोड ५८ लाख ६५ हजार ४१५ किलो खाना पकाउने ग्याँस नेपाल भित्रिएको छ । यसका लागि ६५ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको छ ।

चौथो धेरै आयात हुने वस्तु कच्चा भटमास रहेको छ । ३३ करोड २९ लाख ८३ हजार ५४६ लिटर भटमासको तेल नेपाल भित्रिएको छ । यसका लागि ५६ अर्ब १८ करोड ३६ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । पाँचौ धेरै आयात हुने वस्तुमा फलाम र स्टिल छ । ६६ करोड ५६ लाख ५७ हजार ६५१ किलो यस्ता वस्तु नेपाल भित्रिएको छ । जसको कुल लागत ५१ अर्ब २९ करोड ५६ लाख ७१ हजार रुपैयाँ छ ।

नेपालमा आयात भएको छैटौं ठूलो वस्तु कच्चा पाम तेल हो । उक्त वर्ष २७ करोड ६६ लाख २२ हजार १४१ लिटर पाम तेल नेपाल भित्रिएको छ । जसका लागि मुलुकबाट ३९ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको छ ।

टेलिफोन र यसका उपकरण पनि धेरै आयात हुने वस्तुको ७औं नम्बरको सूचीमा छ । सो वर्ष ३८ अर्ब ६ करोडको यस्ता वस्तु भित्रिएका छन् । यस्ता वस्तुको कुल परिमाण ५५ करोड ८६ लाख ५७८ थान छ । धेरै आयात हुने ८ औं वस्तुको सूचीमा कोइला छ । ३५ अर्ब ९५ करोड रुपैयाँ बढी मूल्य पर्ने एक अर्ब ७४ करोड किलो कोइला भित्रिएको छ ।

उच्च आयात हुने ९औं वस्तुको सूचीमा सुन छ । ५ हजार ५३ किलो सुन आयात हुँदा मुलुकबाट ३५ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको छ । १० औं स्थानको सूचीमा भ्याक्सिन छ । मानवीय प्रयोगका लागि भ्याक्सिन आयात गर्दा ३२ अर्ब रुपैयाँ खर्च भएको छ । २ लाख ७७ हजार ७९७ किलो भ्याक्सिन आयातका लागि नेपालले उक्त रकम खर्च गरेको हो ।

नेपालबाट धेरै निर्यात भएका प्रमुख १० वस्तु

गत आर्थिक वर्ष नेपालबाट २ खर्बको वस्तु निर्यात भएको छ । जसमध्ये प्रमुख १० वस्तुको हिस्सा १ खर्ब २७ अर्ब २८ करोड भन्दा धेरै छ ।

नेपालबाट धेरै निर्यात हुने प्रमुख वस्तुको सूचीमा सोयबिन तेल छ । ४८ अर्ब १२ करोड ४ लाख मूल्य बढीको १९ करोड ५४ लाख किलो सोयबिन तेल भारत निर्यात भएको छ । यस्तै प्रशोधन नभएको पाम तेल निर्यात हुने वस्तुको दोस्रो नम्बरमा छ । यस्तो तेल नेपालबाट १५ अर्ब ३८ करोड मूल्य बढीको निर्यात भएको छ । नेपालबाट हुने निर्यातमा तेस्रो ठूलो हिस्सा प्रशोधित पाम तेलको छ । सो वर्ष १० अर्ब ४६ करोड मूल्य बराबरको ५ करोड ६० लाख ८० हजार ५०७ लिटिर पाम तेल नेपालबाट निर्यात भएको थियो । निर्यातको चौथो हिस्सा कार्पेट र टेक्स्टाइलको छ ।

नेपालबाट आव ०७८/७९ मा ९ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ बराबरको ती वस्तु निर्यात भएको थियो । यस्तै पाँचौ ठूलो निर्यात जुटको छ । उक्त आवमा ५ अर्ब ६६ करोडको जुट नेपालबाट निर्यात भएका छ ।

यस्तै नेपालबाट हुने छैटौं ठूलो निर्यात अलैंचीको छ । सो वर्ष नेपालबाट ४ अर्ब ८१ करोडको अलैंची निर्यात भएको छ । ४ अर्ब ६८ करोड ८० लाखको फेल्ट, ४ अर्ब ५१ करोड ४५ लाखको प्रशोधित सनफ्लावर तेल नेपालबाट निर्यात भएको छ ।

यस्तै ८ ९ औं ठूलो निर्यातको हिस्स कच्चा फलफूलको जुसको छ । नेपालबाट ४ अर्ब ४८ करोडको जुस नेपालबाट निर्यात भएको छ भने १० औ ठूलो निर्यात धागो छ । गत वर्ष नेपा्लबाट ४ अर्ब ३६ करोड ९९ लाखकोृ धागो निर्यात भएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?