
News Summary
Generated by OK AI. Editorially reviewed.- स्रोत अनुसार चालु आर्थिक वर्षको १० महिनामा ६६ लाख ३ हजार १ सय १८ किलो अनार आयात भएको छ।
- आयातबाट सरकारले १४ करोड २१ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
- गत आवको तुलनामा अनारको आयात घटेको देखिन्छ र बजार मूल्य उच्च रहेको छ।
१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) सम्ममा ७४ करोड रुपैयाँ बढीको अनार आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा ७४ करोड २७ लाख ६८ हजार रुपैयाँ बराबरको ६६ लाख ३ हजार १ सय १८ किलो अनार आयात भएको हो ।
उक्त परिमाणको अनार आयात हुँदा सरकारले १४ करोड २१ लाख ३४ हजार बराबर राजस्व संकलन गरेको छ । यस्तै गत आव २०८०/८१ को १० महिनामा १ अर्ब ३ करोड ६६ लाख ५४ हजार रुपैयाँको ८९ लाख २८ हजार ३ सय ६२ किलो अनार आयात भएको थियो ।
उक्त परिमाणको अनार आयात हुँदा सरकारले १४ करोड ६६ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आव १० महिनामा गत आव सोही अवधिको तुलनामा अनार आयात घटेको देखिन्छ । तथ्यांक अनुसार भारत र चीनबाट अनार आयात भएको छ । सबैभन्दा धेरै परिमाणमा अनार भारतबाटै आयात भएको छ ।
बजारमा महँगो मूल्यमा अनार किनबेच हुने गर्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार अहिले बजारमा अनार प्रतिकिलो अधिकतम २ सय ५० र औसत ३ सय २६ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै अनारको उपभोक्ता मूल्य भने ४ सयदेखि ४ सय ५० रुपैयाँसम्म पर्ने गरेको छ ।
प्रतिक्रिया 4