+
+
Shares

गत आर्थिक वर्षमा १८ खर्बको वस्तु आयात, निर्यातमा रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ११:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले अन्य मुलुकसँगको व्यापार १९.२४ प्रतिशतले वृद्धि गरेको छ।
  • नेपालले सो आर्थिक वर्ष १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ, जुन १३.२५ प्रतिशत बढी हो।
  • निर्यातमा ८१.८० प्रतिशत वृद्धि हुँदै २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ।

६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा अन्य मुलुकसँग नेपालको व्यापार १९.२४ प्रतिशत बढेको छ ।

सो आर्थिक वर्ष नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आयात अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १३.२५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष १५ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

त्यस्तै निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष नेपालबाट कुल २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । एक वर्षमा भएको यो निर्यात सबैभन्दा उच्च हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निर्यात ८१.८० प्रतिशत बढेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब ५२ अर्ब रुपैयाँको वस्तु नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?