+
+

प्लाष्टिकको झोलामा लगाइएको प्रतिबन्ध कार्यान्वयन भएन, कडाइ गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते ९:१८

१० साउन, काठमाडौं । प्लाष्टिकको झोला उत्पादन र प्रयोग नियन्त्रण गर्न सरकारले कडाइ गर्ने भएको छ ।

प्रतिबन्ध लगाएको एक वर्ष पुग्न लाग्दा पनि नियन्त्रणमा नआएको भन्दै वातावरण विभागले आयात, उत्पादन, बिक्री र प्रयोगमा कडाइ गर्न लागिएको उल्लेख गरेको छ ।

विभागले सार्वजनिक सूचना जारी गर्दै नियन्त्रणका लागि कडाइका साथ अनुगमन गर्ने र कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।

प्रतिबन्धित झोला प्रयोग गरेको पाइए वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारबाही गरिएने चेतावनी विभागको छ ।

सरकारले २०७८ असोज १९ गते प्लाष्टिक झोलामा प्रतिबन्ध लगाएको थियो भने माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा आएको थियो । जसअनुसार वातावरणमा प्रतिकूल असर गर्ने ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग गर्न पाइँदैन ।

प्रतिबन्ध लगाइए पनि कोरोना महामारीलगायत कारणले प्रभावकारी अनुगमन हुन नसक्दा अहिले प्लाष्टिक झोलाको प्रयोग बढिरहेको विभागले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?