+
+

फरेन्सिक विज्ञलाई सांसदहरुको प्रश्न – सीसीटीभी फुटेज मुभीजस्तो सरर देखिन्न ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १९:१३

१० साउन, काठमाडौं । नेपाल प्रहरीको विधि बिज्ञान प्रयोगशालाले रिकभर गरि पठाएको सीसीटीभी फुटेज प्रष्ट नदेखिने र एक दुई सेकेन्डका क्लिपका भएपछि छनबिन समितिका सदस्यहरुले विज्ञलाई बोलाए । फरेन्सिक विज्ञको रुपमा दुई जना प्रहरी अधिकृत संसदीय  छानबिन विषेश समितिको बैठकमा आएका थिए ।

फरेन्सिक विज्ञलाई सांसदले सोधे, ‘भिडियो क्वालिटी किन यस्तो ?  मुभीमा जस्तो सरर देखिने हुन्न ?’

रिकभर भएको सीसीटीभी फुटेजमा डेट पनि नबुझिएको र फुटेजका ५१ वटा क्लिप बनाएर पठाएकोमा पनि सांसदहरुको प्रश्न थियो ।

जवाफमा विज्ञद्वयले रिकभर हुनु ठुलो कुरा भएको बताए । प्राविधिक विषय, सिस्टम चेक धेरै ठाउँ भएको लगायतका कारणले क्वालिटीको रिकभर गर्न नसकिएको स्वीकार गरे । आफूहरुले सक्दो प्रयास गरेर पठाएको उनीहरुको जवाफ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?