+
+

नेपाली जनप्रगतिशील मञ्चले जापानमा गर्ने कार्यक्रममा प्रचण्ड सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १९:२१

१० साउन,  जापान । २१ साउनमा जापान आउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी’ नेपालीको सरोकार विषयक अन्तरक्रियात्मक कार्यक्रममा मुख्य वक्ता हुने भएका छन् ।

नेपाली जनप्रगतिशील मञ्चका महासचिव बाबुराम पौडेलका अनुसार अगस्ट ७ तारिखका दिन टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५:३० बजेदेखि कार्यक्रम हुनेछ ।

नेपाल र जापान सरकारबीचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सिर्जना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान गर्नका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ प्रचण्डको भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

चार सदस्यीय भ्रमण दलसहित जापान आउन लागेका प्रचण्डले जापानको सरकारी निकायका उच्चस्तरीय नेतृत्वसँग राजनैतिक भेटघाट गरी द्विपक्षीय सम्बन्धका विषयमा छलफल समेत गर्नेछन् । प्रचण्डले जापानका विभिन्न ऐतिहासिक महत्वका क्षेत्रको पनि भ्रमण गर्ने मञ्चका अध्यक्ष पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?