+
+

दाङमा ‘हनी ट्र्याप’मा पारेर ७ लाख फिरौती माग, ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते २१:५५

१० साउन, दाङ । अपहरण गरेर सात लाख रुपैयाँ फिरौती माग्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का २७ बर्षीय केशवकुमार विकलाई अपहरण गरी ७ लाख मागेको आरोपमा दाङको तुलसीपुरबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बबई गाउँपालिका– ४ का ३५ बर्षीय लीला विक, सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–७ निवासी २६ बर्षीया निर्मला विक, तुलसीपुर-४ खाद्रेका २५ बर्षीय सुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका–९ का २० बर्षीय मनोज थारु र गाडी चालक प्यूठान घर भई हाल तुलसीपुर–६ बस्ने २४ बर्षीय जनक कुँवर रहेका छन् ।

भेट्न बोलाएर अपहरण

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार केही समयअघि केशवको चिनाजानी दाङ तुलसीपुरकी निमला विकसँग फेसबुकबाट भयो । निर्मला विकले फेसबुकमा कुरा गर्दै सोमबार केशवलाई बुटवलमा भेट्न बोलाइन् ।

भेट्न बोलाएपछि केशव सोमबार राति नै बुटवल आइपुगे । तर ती महिलाले आफू लिन आउँन नसक्ने र आफन्तलाई गाडीमा लिन पठाएको बताइन् । केशवलाई लिन पुगेका बबई गाउँपालिका-४ का ३५ बर्षीय लीला विक र सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्तीले गाडीमा हालेर सिधै तुलसीपुर ल्याए ।

डीएसपी अर्यालका अनुसार सोमबार राति नै तुलसीपुर ल्याएपछि सल्यान रोडस्थित युवम होटेलमा उनलाई बन्धक बनाएर राखियो । ७ लाख रुपैयाँ दिएमात्रै छोड्ने भन्दै उनीसँग रकम मागे । त्यो सूचना दैलेखमा रहेकी केशवकी श्रीमतीले पाएपछि प्रहरीले जानकारी पाएको अर्यालले बताए । त्यसपछि प्रहरीले केशवको उद्दार गर्दै घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।

डीएसपी अर्यालका अनुसार युवतीको प्रयोग गरी पैसा असुल्न रणनीति बनाएको खुलेको छ । यसअघि अपहरणमा परेका केशव, मनोज थारू र सुकलाल बिकसँगै साउदी अरबमा काम गरेका थिए । केशवबाट पैसा असुल्ने उद्देश्यले युवतीको प्रयोग गरी अपहरण गरिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?