+

गौरव थापाको दाबी : एन्फा फर्किन अध्यक्ष र महासचिवकै प्रस्ताव

२०७९ साउन  ११ गते १२:१७ २०७९ साउन ११ गते १२:१७
गौरव थापाको दाबी : एन्फा फर्किन अध्यक्ष र महासचिवकै प्रस्ताव

११ साउन, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)बाट प्रतिबन्धित एन्फा पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरवले एन्फामा नियुक्ति लिन कसैलाई कुनै दबाव र अनुरोध नगरेको प्रष्ट पारेका छन् ।

थापाले आफ्ना छोरालाई एन्फाको सीईओ वा उपमहासचिव बनाउन दबाव दिएको समाचारको गौरवले खण्डन गरेका हुन् ।

बुधबार गौरवले जारी गरेको वक्तव्यमा आफूले पद नखोजेको बरु एन्फाका वर्तमान अध्यक्ष र महासचिवले नै आफूहरुलाई सहयोग गर्ने शर्तमा पदको अफर गरेको दाबी गरेका छन् ।

सन् २०१३ देखि २०१८ सम्म एन्फाको विभिन्न पदमा रहेर काम गरेको प्रष्ट पार्दै उनले सो समयमा आफ्नो नियुक्ति फिफा, एएफसी र नेपालको कानून विपरीत नभएको बताएका छन् ।

‘म फुटबलको एउटा व्यावसायिक व्याक्ति हुँ र नेपाली फुटबलका लागि अवाश्यक पर्दा आफ्नो क्षमताअनुसार योगदान गर्न कहिल्यै पछि पर्ने छैन,’ उनको आगमनले फिफा, एएफसी तथा कुनै पनि समस्या नपर्ने समेत उनले वक्तव्यमा उल्लेख गरेका छन् ।

नेपाली फुटबलको विनाश चाहने एउटा समूहले संगठित रुपमा आफूविरुद्ध षड्यन्त्र गरिरहेको गौरवले आरोप लगाएका छन् । उनले वक्तव्यमा लेखेका छन्, ‘म प्रष्ट पार्न चाहन्छु कि यस्तो फोहोरी राजनीतिमा मेरो हिजो पनि कुनै संग्लग्नता थिएन र अहिले पनि छैन ।’

एन्फा गणेश थापा गौरव थापा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय