+
+

‘कमेडी हब’मा अभिनय गरेको भन्दै जागिरबाट हटाइएका शिक्षकले दिए श्रम कार्यालयमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १३:५६
शिक्षक समेत रहेका कलाकार दीपेन्द्र प्रसाईं

काठमाडौं । टेलिभिजन शो ‘कमेडी हब’मा अभिनय गरेको भन्दै कलेजले जागिरबाट निकालेका शिक्षक दीपेन्द्र प्रसाईंले आफूलाई काममा फर्काउन माग गर्दै श्रम कार्यालयमा निवेदन दिएका छन् ।

प्रसाईंले आफूले काम गर्दै आएको सुकेधारास्थित बागमती बोर्डिङ सेकेन्डरी स्कुल (कलेज समेत)ले नियमित हाजिरी र काम गर्न रोकेकाले श्रम ऐन अनुसार आवश्यक निर्देशन दिन माग गर्दै बिहीबार उजुरी दिएका हुन् ।

निवेदनमा उनले २०७३ माघ ४ गतेबाट उक्त कलेजमा आंशिक शिक्षकको रुपमा रोजगार सुरु गरेको र २०७५ साउन १ गतेदेखि उक्त कलेजमा पूर्णकालीन शिक्षकको रुपमा कार्य गर्दै आएको उल्लेख गरेका छन् । तर गत जेठ ११ गते एपीवानु टेलिभिजनबाट प्रसारण हुने कमेडी हब टेलिभिजन श्रृंखलमा निजी स्कुल र कलेजले लिने शुल्कको विषयमा गरेको अभिनयलाई लिएर कलेज प्रशासनले हाजिरी गर्न रोक लगाएको उनले उल्लेख गरेका छन् ।

प्रसाईंले आफूलाई कलेजमा नियमित हाजिरी गर्ने व्यवस्था मिलाई रोजगारीमा फर्काउन र गत असार १५ देखि भुक्तान गर्न बाँकी रहेको पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराइदिन पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?