+
+

चुइङ्गम चपाएरै मासिक १ लाख आम्दानी गर्छिन् यी युवती !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १८:१४

१२ साउन, काठमाडौं । आजकल पैसा कमाउने अनेक अनौठा तरिकाहरु सुन्न पाइन्छ । कसैले पूराना कपडा बेचेर लाखौँ कमाइरहेका हुन्छन् त कोहीले पूराना जुत्ता बेचिरहेका हुन्छन् । कसैले सुतेरै कमाइरहन्छन् भने कसैले अनलाइन गेम खेलेर पनि लाखौँ कमाउँछन् ।

केही मान्छेले त आफ्नो शोखलाई पैसा कमाउने माध्यम बनाएर पनि राम्रै आम्दानी गरिरहेका हुन्छन् । जर्मनीमा एकजना युवतीले चुइंगम चपाएरै महिनाको १ लाख रुपैयाँ भन्दा धेरै कमाइरहेकी छिन् ।

३० वर्षकी जुलिया फोराटलाई चुइंगम चपाउने ठूलो शोख छ । उनले चुइंगम चपाउँछिन् र त्यसलाई फुलाउँछिन् अनि ठूला ठूला फोका बनाएर मोटो रकम कमाउँछिन् ।

ऋाखिर चुइंगम चपाएर तथा फुलाएर बेलुन बनाउँदैमा कसरी पैसा कमाइन्छ त ? वास्तवमा जुलियाले आफ्नो मुखमा एकसाथ २०।३० वटा बेलुन चपाउँछिन् र त्यसलाई फुलाएर बेलुन भन्दा पनि ठूला ठूला फोका बनाउँछिन् । उनी घरमा ओछ्यान वा सोफामा बसेर वा सुतेर केही मिनेटमै यस्तो काम गर्दछिन् र त्यसरी चुइंगम फुलाउँदा उनलाई आम्दानी हुन्छ ।

जुलियाले आफुले चुइंगम फुलाएका भिडियो बनाउँछिन् । आफ्नो चुइंगम खाने तथा त्यसलाई फुलाएर ठूला ठूला बेलुन बनाउने जस्ता अन्तरंगी कामका बारेमा उनी भन्छिन् ः मेरी एकजना साथीले एकपटक मजाकै भनेकी थिइन् कि तिमीले आफ्ना चुइंगम भिडियो क्लिप्सलाई बेच्न पनि सक्दछौ । मैले ठट्टै ठट्टामा यो काम सुरु गरेँ र यस विषयमा अनुसन्धान सुरु गरेँ । त्यसपछि मलाई के थाहा भयो भन केही समुदाय यस्तो कामका लागि पनि समर्पित रहेछन्।

जुलियाका अनुसार उनले हरेक महिना ५ पाउण्ड अर्थात् करीब ८ सय रुपैयाँका चुइंगम खरीद गर्दछिन् । त्यसबाट उनले ७ सय पाउण्ड अर्थात् करीब १ लाख १० हजार रुपैयाँ जति कमाउँछिन् ।

उनले एक पटकमा १० देखि ३० वटासम्म चुइंगमका टुक्रा मुखमा चपाएर फुलाउँदै ठूला ठूला फोका बनाउँछिन्। कतिपय फोका त उनको टाउको भन्दा पनि ठूला हुन्छन् । उनको यस्तो क्षमता मन पराउनेहरु बढ्दै गएपछि उनको आम्दानी पनि बढिरहेको छ ।

कतिपय फ्यानहरुले चुइंगमको प्रकार तथा फोकाको आकार आदिका विषयमा सिफारिस गरी पठाउँछन् र यसका लागि जुलियाले मागे अनुसारको पैसा दिन्छन् । जुलियाले पनि दर्शकको चाहना बमोजिम बेलुन फुलाएका भिडियो तयार पारेर अपलोड गर्दछिन् ।

जुलियाका अनुसार उनको फुलटाइम जागिर छैन् । उनीसँग आर्किटेक्चर, सिभिल इन्जिनियरिंग तथा मार्केटिङको डिग्री छ । तर डिग्री अनुसारको काम गरेर नभई चुइंगम चपाउने र फुलाउने आफ्नो शोखबाटै उनले मनग्गे आम्दानी गर्दै आएकी छिन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?