+
+

फोहोरमैला व्यवस्थापनका लागि महानगरले परिचालन गर्‍यो अनुगमन टोली 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १८:४६
फाइल तस्वीर

१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न बिहीबारदेखि वडा–वडामा अनुगमन टोली परिचालन गरेको छ ।

१० साउनमा भएको प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णय अनुसार प्रत्येक वडामा ५ सदस्यीय अनुगमन टोली परिचालित गरेको महानगरले जनाएको छ ।

प्रत्येक वडामा अधिकृतस्तरका कर्मचारीको नेतृत्वमा सहयोगी कर्मचारी, वडा सचिव, स्यानिटेशन सुपरभाइजर, एक नगर प्रहरी र नाइकेको टोली परिचालित भइसकेको महानगरका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए ।

अनुगमन टोलीको जिम्मेवारी र सदस्यहरुको बारेमा महानगरले सूचना समेत प्रकाशित गरेको छ । अनुगमन टोलीले वडाको सबै क्षेत्रको निरीक्षण गरी फोहोर रहेको स्थान, त्यसको परिणाम, फोटो खिच्ने लगायतको काम गर्ने महानगरको भनाइ छ । यसैगरी फोहोर संकलन गर्ने निजी क्षेत्रको सहभागिता, संकलन गर्ने तरिका, घरबाट फोहोर संकलन गरेपछि राख्ने केन्द्रबिन्दु रहे/नरहेको तथ्यांक लिने तथा सुधार, संशोधन जस्ता अन्य सुझाव सहित अनुगमन टोलीले प्रतिवेदन बुझाउने महानगरको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?