+
+

थाहा नगरका पोथी कुकुरलाई तीन महिने सुई

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १४:०७

१३ साउन, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले कुकुर नियन्त्रण गर्नका लागि पोथी कुकुरलाई गर्भनिरोधक सुई लगाउने भएको छ । शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै कुकुरको संख्या बढ्न नदिनका लागि गर्भनिरोधक सुई लगाउन प्राविधिक खटाएको जानकारी दिएको हो ।

थाहा नगरपालिकाका भेटेरिनरी अधिकृत राघविन्द्र मिश्रका अनुसार शुक्रबार देखि १० दिनसम्म नगरपालिकाको १२ वटै वडामा पोथी कुकुरलाई गर्भनिरोधक सुई लगाउने बताए ।

‘कुकुरहरुको प्रजनन हुने मौसम सुरु भएकोले हामीले यो अभियान सुरु गरेका हौं । थाहा नगरपालिकामा सार्वजनिक कुकुरहरुले दुख दिएर हैरान बनाएको भन्ने व्यापक गुनासो छ । कात्तिकबाट कुकुरको उत्पादन नै कमी होस भनेर तीन महिने सुई लगाउने भएका हौं,’ मिश्रले भने ।

थाहा नगरपालिकाले एक सय पोथी कुकुरलाई पुग्ने सुई खरिद गरिसकेको उनले बताए । ‘अहिले ३ जना पशु चिकित्सा प्राविधिकहरु रहेका छन, यहि हप्ता २ जना थप गरिँदैछ । हामीसँग भएको एक सय सुईले पुगेन भने थप मगाउन पनि सक्छौैं । अहिले टोल टोलमा स्थानीयबासीलाई पोथी कुकुर समातेर सहयोग गरिदिन आग्रह गरेका छौं । अहिले सुई लगाएर अस्थायी बन्ध्याकरण गरे पनि केहि समय पछि कुकुरहरुको स्थायी बन्ध्याकरण नै गर्ने छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?