+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

अर्थमन्त्रालय फर्किने नफर्किने जनार्दनजीको रुचिमा भर पर्छ : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १५:५८

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने नबन्नेबारे उनकै रुचिमा भर पर्ने बताएका छन् ।

संसदीय छानबिन विशेष समितिले बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेशको प्रभाव नदेखिएको निष्कर्ष निकालेपछि अनलाइनखबरसँग कुराकानी गर्दै नेता पुनले शर्माको रुचिले नै उनी मन्त्रालय फर्किने नफर्किने टुंगो लाग्ने बताएका हुन् ।

उनले यसबारे पार्टीमा भोलि नै छलफल गरेर निष्कर्षमा पुग्ने बताए । ‘अहिलेसम्म हाम्रो सल्लाह भएको छैन,भोलि उहाँसँग पनि कुरा गर्छाैं, पार्टीमा नि छलफल गरेर एउटा निचोडमा पुग्छौं,’ पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?