+
+

प्रधानमन्त्री देउवासँग लुको भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १६:२८

१३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा गएर शुक्रबार अपरान्हतिर देउवासँग उनले भेटवार्ता गरेका हुन।

लुसँगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त गरेका छन् । ट्वीरमार्फत देउवाले निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि भन्दै अमेरिकालाई धन्यावाद दिएका छन् ।

लुले यसअघि परराष्ट्रमन्त्री नारायण खड्कालाई समेत भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?