+
+

पपस्टार शकिराविरुद्ध ८ वर्ष जेल सजायको मागदाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते ११:५२

काठमाडौं । चर्चित पपस्टार शकिरा यतिबेला स्पेनमा कर छली अभियोगको सामना गरिरहेकी छन् । अभियोजनकर्ताले यस मुद्दामा उनीमाथि आठ वर्षको जेल सजाय र ३४ मिलियन युरो क्षतिपूर्तिको मागदाबी गरेका छन् ।

सन् २०१२ देखि २०१४ सम्म शकिराले १४.५ मिलियन कर छली गरेको आरोप सहितको मुद्दा अहिले अदालतमा पुगेको छ । यस हप्ताको सुरुवातमा शकिराले मुद्दालाई सुल्झाउने र बन्द गर्ने प्रस्तावलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

शकिराका प्रतिनिधिले एक बयान जारी गर्दै भनेका छन्, ‘उनी आफू निर्दोष हुने कुरामा पूर्ण विश्वस्त छिन् र यो मुद्दालाई उनी आफ्नो अधिकार उल्लंघनको रुपमा हेर्छिन् ।’

सन् २०१८ मै उनलाई कर छलीको अभियोग लगाइएको थियो । सन् २०१२ देखि २०१४ मा स्पेन बसेकी उनले आफ्नो निजी निवासलाई कतै स्थानान्तरणको प्रयास गरेकी थिइन् ।

स्पेनमा ६ वर्षभन्दा बढी समय बिताउने बासिन्दालाई कर प्रयोजनका लागि योग्य मानिने कानुन छ । तर उक्त समयमा आफू स्पेनमा त्यति धेरै समय बसोबास नगरेको शकिरा दाबी गर्छिन् ।

अभियोजनकर्तालाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेअनुसार सन् २०१२ मा शकिराले बार्सिलोनामा घर किनेकी थिइन्, जुन उनी र उनका तत्कालीन पार्टनर तथा बार्सिलोनाका फुटबल स्टार जेरार्ड पिकेको पारिवारिक घर बन्यो ।

तर शकिरा र पिकेले सम्बन्ध विच्छेद गरिसकेका छन् । यद्यपि, यो मुद्दामा पिके पनि तानिने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?