+
+

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १३:३८
फाइल तस्वीर

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो ।

अर्को बैठकको समय भने तोकिएको छैन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि बैठक राखिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि दुई पटक बसिसकेको स्थायी समिति बैठकबाट पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिने, केन्द्रीय विभाग गठन गर्नेलगायतका एजेन्डामा छलफल भए पनि कुनै निर्णय भएको थिएन ।

आजको बैठकबाट ती सबै एजेन्डामा निर्णय हुने नेताहरूले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?