+
+

झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १३:५१

१५ साउन, झापा । झापाको कन्काई नगरपालिका वडा नम्बर-३ स्थित सुरुङ्गा-कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आइतबार दिउँसो मे १ च १६५४ नं. को एम्बुलेन्सले प्र १- ०१-०१५ प २१४८ नं.को स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार झापा गाउपालिका- ६ बस्‍ने २३ वर्षीय राजेश कार्कीको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।

डीएसपी पाठकका अनुसार नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्‍यु हो ।

प्रहरीले एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका-१० बस्ने वर्ष ४६ वर्षीय चन्द्र बहादुर बि.क.लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?