+
+
Shares

हवाई प्रतिबन्ध सूचीबारे सेफ्टी अडिट गर्न ईयूको टोली नेपाल आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १५:०२

१५ साउन, काठमाडौं । नेपाललाई सन् २०१३ देखि हवाई प्रतिबन्ध सूचीमा राखेको युरोपेली युनियन (ईयू) को टोली सेफ्टी अडिट गर्न नेपाल आउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ईयूले निकट भविष्यमा नेपालमा सेफ्टी अडिट गर्न आउनेबारे पत्राचार भएको जानकारी दिए । यस्तो पत्राचार शुक्रबार प्राप्त भएको र यो नेपालका लागि ठूलो अवसर भएको उनले बताए ।

ईयू नेपालमाविना शर्त अडिट गर्न आउन तयार भएको भन्दै नेपाल अधिकतम तयारीका साथ प्रस्तुत हुने उनले बताए ।

यसअघि यसै वर्ष अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मूल्यांकनमा नेपालले औसत भन्दा राम्रो नतिजा ल्याएको र यो ईयूको हकमा समेत सहयोगी हुने उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?