+
+

प्रियंका कार्कीको ‘कमब्याक’ पक्का, रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १६:३९

काठमाडौं । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री प्रियंका कार्की जोडिएकी छन् । प्रमुख भूमिकाको लागि प्रियंका अनुबन्धित भइसकेको निर्देशक गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।

दयाहाङ राई र विपिन कार्की यसअघि नै फिल्मको प्रमुख पुरुष कलाकारमा फाइनल भइसकेका छन् । गत बैशाख २५ गते रिलिज भएको फिल्म ‘लक्का जवान’पछि प्रियंका अभिनयमा फर्किन लागेकी हुन् । त्यसयता उनले छोरीलाई जन्म दिइन् । प्रियंका कमब्याकको लागि यतिबेला शारीरिक रुपमा फिट हुन कसरत गरिरहेकी छन् ।

भदौ १३ गतेदेखि छायांकन सुरु हुने फिल्ममा रंगमञ्च कलाकारहरु अरुणा कार्की, सोम खनाल पनि जोडिने चर्चा छ । फ्यामिली ड्रामा जनरामा निर्माण हुन लागेको फिल्मले अभिभावक र सन्तानको कथा पेश गर्छ ।

यो फिल्ममा विपिनले ५८ वर्षीय पात्रको भूमिकामा अभिनय गर्दैछन् । सम्भवतः उनको जोडीको रुपमा अरुणा हुने सम्भावना छ ।

फिल्मको शीर्षक ‘फूलबारी’ नै राखिए पनि छायांकनमा जानुअघिसम्म नाम परिवर्तन पनि हुनसक्ने निर्देशक गुरुङले बताए । यशोधा फिल्म्सको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?