+
+

जनार्दनलाई देखाउँदै यी नेताले अघि सारे नैतिकताको ‘माओवादी मोडल’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १७:०३

१५ साउन, काठमाडाै‌ । अर्थमन्त्री जनार्दन शर्मामाथि यति संवेदनशील प्रश्न उठेका थिए कि, संसदीय समितिले सीसीटीभी फुटेज नभेटाएको भरमा स्वतः सफाइ प्रक्रिया अनुचित हुन सक्थ्यो ।

बरु मुलुकको सबैभन्दा संवेदनशील मानिएको सिंहदरबारभित्रको अनुसन्धान प्रक्रियालाई सत्ताशक्तिको आडमा प्रभावित पारेको मुद्दा अझै गहिरो थियो । अझ प्रतिपक्षी एमालेले समेत यसमा गम्भीर चासो नदेखाएको भन्दै आलोचना खपिरहेको छ ।

यिनै घटनाहरुको जोडकोणमा माओवादी केन्द्रका नेता जनार्दन शर्माले फेरि अर्थमन्त्रालय जाने मौका पाए । आम नागरिकको चेतनाकै उपहास हुने गरी यो निर्णय भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

तर माओवादी केन्द्रका नेता युवराज चौलागाइले भने जनार्दनको पुनरागमलाई ‘नैतिकता र कर्मशीलताको माओवादी मोडल’ भनी अर्थ्याएका छन् ।

झट्ट हेर्दा उनले जनार्दनको व्यंग्य गरेका हुन् कि जस्तो लाग्छ । तर यो फेसबुक पोस्ट पढिहेरौं, जहाँ उनले लेखेका छन्: ‘एउटा असल राजनीतिज्ञ आरोप र प्रश्नहरुसंग डराउंदैन, बरु त्यसको सामना गर्छ र नयां उदाहरण पेश गर्दै जोशका साथ काममा फर्कन्छ । पुनः मन्त्री भएकोमा मात्र होइन, नैतिकता र कर्मशीलताको माओवादी मोडल पेश गरेकोमा बधाई छ कमरेड ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?