+
+

आईपीओ निष्कासन गर्न घोराही सिमेन्टले माग्यो बोर्डसँग अनुमति

सर्वसाधारण र स्थानीयलाई फरक मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १७:२१
घोराही सिमेन्ट उद्योग/फाइल तस्वीर

१५ साउन काठमाडौं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ३ अर्ब ४४ करोड १६ लाख रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले सर्वसाधरणलाई भन्दा आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता ३५ रुपैयाँ कम मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई गरेर दुई छुट्टाछुट्टै चरणमा आईपीओ निष्कासन गर्नेछ । निष्कासन हुने सेयर मध्ये ३ लाख ९७ हजार १९० कित्ता आयोजना प्रभावितका लागि छुट्याएको छ । बाँकी ७५ लाख ४६ हजार ६११ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकिात्ता ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । त्यस्तै स्थानीयलाई भने प्रतिकित्ता १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी ४०० रुपैयाँमा सेयर निष्कासन गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ । नागरिक लगानी कोषलाई प्रत्याभूतकर्ता (अन्डर राइटिङ) नियुक्त गर्दै गर्नेसम्बन्धी सम्झौता गरिसकेको छ ।

प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने घोराही दोस्रो सिमेन्ट उद्योग हो । यसअघि शिवम् सिमेन्टले पनि प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो । यता सर्वोत्तम सिमेन्टले भने सार्वजनिक निष्कासनमा नेपालमा प्रयोगमा आउन लागेको नयाँ विधि बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?