+
+

उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुख फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १७:३२

१५ साउन, काठमाडौं । नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुखको फेरबदल गरेको हो ।

आइतबार गरिएको काज सरुवा अनुसार उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डित पठाइएका छन् ।

ती जिल्लाका सबै प्रहरी उपरीक्षक (एसपी) हरुले एक वर्षभन्दा बढी जिल्लाको नेतृत्व गरिसकेका थिए ।

उदयपुरका एसपी सुवासचन्द्र बोहोरा प्रहरी प्रशासन सिंहदरबार, सुनसरीका सञ्जयसिंह थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र इलामका महेन्द्र श्रेष्ठ मधेश प्रहरी कार्यालयको आर्थिक प्रशासन शाखामा सरुवा भएका छन् ।

नुवाकोटका एसपी रामप्रकाश शाह प्रहरी प्रधान कार्यालय, नक्साल पठाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?