+
+
Shares

होटेलमा जुवा खेलिरहेका ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते ७:३५
फाइल तस्वीर

१६ साउन, जनकपुरधाम । सर्लाही प्रहरीले होटेलमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।

बागमती नगरपालिका ३ धरहरास्थित घिसिङ होटेलमा जुवा खेलिरहेका उनीहरुलाई आइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

पक्राउ पर्नेमा बागमती नगरपालिका ३ बस्ने ३० वर्षीया जमुना मोक्तान, ३५ वर्षीय सन्चर सिंह घिसिङ, ३२ वर्षीय प्रेमबहादुर बाइबा, हरिवन नगरपालिका ११ बस्ने ३४ वर्षीय मणीलाल बोम्जन, ४२ वर्षीय मनोज कुमार थिङ, ४५ वर्षीय जगत स्याङ्तान र ४१ वर्षीय पनोज कुमार थिङ छन् ।

उनीहरुको जुवाखालबाट २ लाख १४ हजार ९७० रुपैयाँ, १६ थान कौडा, एक बुक तास र ५ थान मोबाइल समेत बरामद गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?