+
+

सुविनको उपन्यास ‘फेरिएको माया’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते ९:३४

१६ साउन, काठमाडौं ।सुविन खरेलको उपन्यास ‘फेरिएको माया’ सार्वजनिक भएको छ । काठमाडौंमा आइतबार एक कार्यक्रमका बीच उपन्यासको लोकार्पण गरिएको हो ।

साहित्यकार घनश्याम खड्का, सामना पहाडी, प्रकाश सापकोटालगायतले उपन्यासको संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।

उपन्यास विद्यालय र कलेज तहमा अध्ययन गर्ने किशोर-किशोरी र युवाको प्रेममा आधारित छ ।

उपन्यासबारे चर्चा गर्दै घनश्याम खड्काले उपन्यासमा प्रेमको न्याय गरिएको बताए । उपन्यासमा गहिराइ नभेटिए पनि बेग भेटिएको उनको टिप्पणी छ ।

यस्तै सामना पहाडीले लेखकले उपन्यासभित्र प्रेममा आदर्श पक्ष देखाउन खोजिएको भन्दै यो लोभलाग्दो प्रयास भएको बताइन् ।

गीतकार प्रकाश सापकोटा लगायत वक्ताले प्रवासमा रहेर पनि लेखकमा नेपाली भाषाप्रतिको माया देखिएको बताएका थिए ।

सुविन करिब एक दशकदेखि अष्ट्रेलिया बस्दै आएका छन् । उनले आफूले १० वर्षअघि देखेका, सुनेका कुरालाई नै उपन्यासको रुपमा प्रकाशित गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?