
१६ साउन, जनकपुरधाम । मधेश सरकारले तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिराहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगंजमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने जनाएको थियो ।
बैठकले वीरगञ्जजमा उद्योग विभाग स्थापना गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।
मन्त्री साहका अनुसार जनकपुरधाममा संचालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय बैठकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4