+
+

स्रोत नखुलेको साढे १२ लाखसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १२:३८

१६ साउन, काठमाडौं । रुपन्देहीमा स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिक  पक्राउ परेका छन् ।

उत्तर प्रदेशको महाराजगंग जुगौलीका ४५ वर्षीय आशी साहु १२ लाख ५० हजार नगदसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले आइतबार दिउँसो साढे २ बजे लु६प ७१२९ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।

साहुको साथबाट  एक हजार दरका ११ लाख, ५०० दरका एक लाख ५० हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

साहुलाई बरामद रकम र मोटरसाइकलसहित भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?