+
+

भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रोबस दुर्घटना, १८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १७:३३

१६ साउन, भरतपुर । भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रोबस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

सोमबार दिउँसो ३:५० बजे नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ ख ८५८८ नम्बर माइक्रोबसको अगाडिको टायर खुस्किएर भोर्ले भन्‍ने ठाउँमा दुर्घटना भएको मुग्लिनले जानकारी दिएको छ ।

घाइते हुनेमा टिकाराम श्रेष्ठ (धादिङ), प्रमिला भट्ट (धादिङ), सरोज खतिवडा (धादिङ), दीपा रेग्मी (धादिङ), जीवन कुमार (नुवाकोट), उपेन्द्र भण्डारी (नुवाकोट), सुजन आचार्य (धादिङ) र सरोज मोक्तान (मकवानपुर) रहेका छन् ।

यस्तै सावित्री सापकोटा (धादिङ), स्वस्तिका आचार्य (धादिङ), विकास संजेल (ललितपुर), मनोज भण्डारी (धादिङ), सुवास नेपाल (नुवाकोट), धर्मबहादुर खड्का (दोलखा), प्रकाश अधिकारी (धादिङ), सनिशा अधिकारी (धादिङ), रोजिना श्रेष्ठ (धादिङ) र अन्जेल कुमाल (भरतपुर) घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेकाहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?