+
+

जनार्दनलाई अर्थमन्त्री बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन

२५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १८:४५

१६ साउन, काठमाडौं । जनार्दन शर्मालाई अर्थमन्त्री र्नियुक्त गरेकोमा विरोध जनाउँदै काठमाडौंको नयाँ बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

युथ कंग्रेस नेपालको आह्वानमा युवा अभियान्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको हो । त्यसक्रममा प्रहरीले ३ महिलासहित २५ जनालाई पक्रेको युथ कंग्रेस नेपालले जनाएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिबाट करका दर हेरफेर गरेको आरोप लागे पनि संसदीय छानबिन समितिले राम्ररी छानबिन नै नगरी निर्दोष ठहर गरि शर्मालाई फेरि अर्थमन्त्री बनाइएको उनीहरुले प्रदर्शन गरेका हुन् ।

शर्माको पुनर्नियुक्ति र उनलाई क्लिन चिट दिने छानबिन समितिमा प्रमुख प्रतिपक्षले देखाएको दोहोरो चरित्रले लोकतन्त्रकै उपहास गरेको उनीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?