+
+

माघ २० आउँदै आकाश र रेखाको ‘हिंड्दा हिंड्दै’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १९:०१

काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘हिंड्दा हिंड्दै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । साउने सोमबारको साइतमा पोस्टर रिलिज गरिएको हो । मिलन आले मगरको निर्देशनमा सुशील पंगेनीले निर्माण गरेको फिल्म २० माघमा देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

पोस्टरमा कलाकारहरु आकाश श्रेष्ठ र रेखा शाहलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । रेखा यही फिल्मबाट रजतपटमा डेब्यु गर्दैछिन् ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा विमल श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा आकाश र रेखाका साथमा सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङले अभिनय गरेका छन् ।

राजकुमार थिङ निर्माता रहेको फिल्मको सहनिर्मातामा केबी सुब्बा, प्रमोदकुमार तामाङ र महादेव साह छन् । लीलामान तण्डुकारले खिचेको फिल्मका गीतमा ताराप्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र नवीन निरौलाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?