+
+

एसईई उत्तीर्ण विद्यार्थीलाई ईसेवाको बम्पर अफर

एक हजार जनाले नि:शुल्क पढ्न पाउने अवसर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १९:२०

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरी बम्पर अफर ल्याएको छ । जस अन्तर्गत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन् ।

यस अफर अनुसार विद्यार्थीहरुले ईसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । ईसेवा एप मार्फत आफूले अध्ययन गर्न चाहेको कलेज छानेर पढ्न चाहेको विषय रोज्नु पर्नेछ । यसका लागि विद्यार्थीले १० रुपैयाँ तिरेर आवेदन दिन सकिने छ भने यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउनेछन् ।

कम्पनीका अनुसार यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ । कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट ईसेवा डटकम डट एनपीमा हेर्न सकिनेछ । विद्यार्थीले ईसेवाको कल सेन्टरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?