+
+

मङ्कीपक्सबाट एक भारतीय युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते २०:१३

१६ साउन, केरला । दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मङ्कीपक्स संक्रमण पुष्टि भएको छ ।

हालै संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो । उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गरे ।

मङ्कीपक्स सङ्क्रमिण पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका बीस जनालाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरी चिकित्सकको निगरानीमा राखिएको छ ।

केरलामा भाइरस संक्रमणबाट मानिसको मृत्यु भएपछि राज्य सरकारले उनको मेडिकल रिपोर्ट चेकजाँच गर्न उच्चस्तरीय समिति गठन गरेको जनाएको छ ।

विश्वका विभिन्न देशमा मङ्कीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गत महिना मङकीपक्स भारइरसको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो । एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?