+
+

करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते ६:३५

१७ साउन, दाङ । दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् ।

करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि घाइते भएकी छन् ।

प्रहरी निरीक्षक शाहका अनुसार सोमबार दिउँसो कपडा सुकाउँदै गर्दा भिमा गाहामगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन् । तर हिमालाई पनि करेन्ट लाग्यो । त्यसपछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काए । तर तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेको थियो । बासु र हिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

सुरुमा करेन्ट लागेकी भिमाको अवस्था भने सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?