+
+

पहिरोले चितवन, धादिङ र कास्कीमा सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते ८:२३
फाइल तस्वीर

१७ साउन, काठमाडौं । धादिङ, चितवन र कास्कीका विभिन्न स्थानमा सडकहरु अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् ।

धादिङको तिङ्ग्राङ खानी र चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड हुँदै देशका विभिन्न स्थानमा आउ-जाउ गर्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो गएका कारण गएरातिदेखि नै आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ केराबारी, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसेको छ ।

पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनहरुको लामो लाइन छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका-१० तिङ्ग्राङ खानीमा आज बिहान तीन बजे पहिरो खसेकाले सवारी आवागमन अवरुद्ध भएको छ । त्यहाँको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

धादिङकै धुनिबेशी नगरपालिका-९ अन्तर्गत निर्माणाधिन सुरुङमार्ग नजिकै गएराति खसेको पहिरो भने पन्छाइएको छ । पहिरो पूर्णरुपमा हटाएर दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा महानगरपालिका बेगनासबाट लमजुङको भोर्लेटार जाने सडक र कास्कीकै नयाँपुल घान्द्रुक उल्लेरी सडक खण्ड पनि पहिरोले अवरुद्ध भएको छ ।

यसैगरी कास्कीको पोखरा-२९ घोतघोतेस्थित पृथ्वी राजमार्गमा नहरको पानी सडकमा बगिरहेकाले सवारी साधन फस्ने, दुर्घटना हुने सम्भावनाका कारण पावरहाउस र ताल चोकबाट डाइभर्सन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?