+
+

गठबन्धन बाहिरका कम्युनिस्ट पार्टीलाई एकतामा आउन ओलीको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १७:२७

१७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन आह्वान गरेका छन् । मंगलबार कम्युनिस्ट नेता तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले चुनावी तालमेल नभई पार्टी एकतामै आउन आह्वान गरेका हुन् ।

‘ए बाबा ठूलो भाँडामा पकाएको ढिँडो खाऔं न फेरि यत्रो भाँडो के ?… आउनुस् सँगै मिलेर काम गरौं र यत्रो चुनौती प्रतिक्रियावादीले खडा गरेका छन्’ उनले भने, ‘के हामीले के चुनावी तालमेल गरेर … उनीहरुजस्तो चुनावी तालमेल गर्ने हो र ? ’

ओलीले सँगै मञ्चमा रहेका सीपी मैनालीलाई सम्बोधन गर्दै आफूहरु एउटै आन्दोलनबाट आएको र अलग बस्नुपर्ने कुनै कारण नभएको बताए । ‘हामी सबै देशको विरुद्ध छैनौं, यही नै एकताको आधार हो’ उनले भने ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पनि गठबन्धन बेठीक हो भनेर आएमा विचार गर्न सक्ने ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?