+
+
Shares

नारायणगढ–मुग्लिन सडकखण्डमा जाम, खाना-पानीको समस्या परे प्रहरीलाई खबर गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते ८:३७

१८ साउन, काठमाडौं । पहिरो पन्छाएपछि २३ घण्टापछि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड आज बिहानदेखि फेरि अबरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार आज बिहान साढे २ बजेतिर भरतपुर २९ केराबारी क्षेत्रमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम जारी रहेकाले केही एक-दुई घण्टामै बाटो खुल्ने उनले बताए ।

लामो समय जाममा परेका यात्रुहरु गएराति ९ बजेतिर बाटो खुलेपछि गन्तव्यमा गइरहेका थिए । तर फेरि पहिरो खसेर बाटो बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । खासगरी बालबालिका, ज्येष्ठ नागरिक र विरामीहरु समस्यामा छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनले खानेकुराको र पानीको समस्या परे प्रहरीमा खबर गर्न आग्रह गरेको छ । प्रहरी नायव निरीक्षक डिएसपी अधिकारीले अनलाइनखबरसँग भने, ‘हामीलाई खबर गरेमा अति नै समस्या परेकाहरुलाई सक्दो सहयोग गरिरहेका छौं, फेरि पनि गर्ने छौं ।’

उनले नजिकका प्रहरीलाई वा प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने पनि बताए ।

प्रहरीले सवारी चालकहरुलाई पनि होटल र वस्ती भएका स्थानमा मात्र गाडी रोक्न र बाटो खुलेपछि मात्रै आलोपालो गन्तव्यमा जान आग्रह गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?