+
+
Shares

२ सातामै कता गयो वाणिज्य बैंकको ९१ अर्ब निक्षेप ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १०:५२

१८ साउन, काठमाडौं । साउन लागेपछिको दुई सातामै वाणिज्य बैंकबाट ९१ अर्ब निक्षेप बाहिरिएको छ । असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैंकको निक्षेप १३ साउनमा घटेर ४४ खर्ब ५० अर्बमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ ।

साउनको पहिलो सातामा नै घटेको निक्षेप दोस्रो सातामा पनि घट्न क्रमले निरन्तरता पाएको हो । ७६ साउनमा ४४ खर्ब ७८ अर्बमा झरेकोमा पछिल्लो साता मात्रै २८ अर्बबाट घटेको छ ।

निक्षेप लगातार घट्दो ट्रेन्डमा देखिंदा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि घट्दो अवस्थामा देखिएको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानी १३ साउनमा ४१ खर्ब ६४ अर्बमा झरेको छ ।

साउन लागेपछि कर्जा पनि सामान्य घटेको हो । तर, निक्षेप घटेसँगै बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) पनि बढेको छ । गत असारमा ८६ प्रतिशतमा झरेको वाणिज्य बैंकहको सीडी रेसियो दुई साता नपुग्दै १३ असारमा ८७.९८ प्रतिशत पुगेको छ ।

बैंकिङ प्रणालीबाट लगातार निक्षेप घट्दै जाँदा बैंकहरुमा स्रोतको अभाव चर्किंदै गएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता भुक्तानी, बैंकहरुले असार मसान्तमा निमार्ण व्यवसायीको रकम होल्ड गरेर साउन लागेपछि मात्रै भुक्तानी गर्नु निक्षेप घट्नुको कारण भएको हुनसक्ने नेपाल राष्ट्र बैकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

यस्तै केही बैंकले असार मसान्तमा राजस्व उठाएको रकम बैंकमा नै रहेको र भोलिपल्ट मात्रै सरकारी कोषमा जाँदा पनि निक्षेप घटेको देखिएको हुनसक्ने बैंकरहरु बताउँछन् ।

यसबाहेक स्थानीय तहले खर्च गर्न नसकेको रकम तीनै तहको नाममा रहने संघीय सञ्चित कोषमा रहन्छ । स्थानीय तहको संञ्चित कोषमा रहेको रकमको ८० प्रतिशत निक्षेप गणना गर्दै आएका बैंकले उक्त रकम संघीय सञ्चित कोषमा आउँदा बैंकहरुको निक्षेप पनि घटेको देखिएको हो ।

चालु आर्थिक वर्ष लागेपछि नेपाल आयल निगमले पनि भारतिय आयल कर्पोरेसनलाई ४ किस्तामा २४ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गरीसकेको छ । जसले पनि बैंकहरुबाट निक्षेप बाहिरिएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?