+
+

कुमारी बैंकको नाफा ४४ प्रतिशतले बढ्यो 

गत आर्थिक वर्ष २०७८/७९ मा कुमारी बैंकको नाफा करिब ३ अर्ब पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १२:४०

१८ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा कुमारी बैंकको नाफा करिब ३ अर्ब पुगेको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार दुई अर्ब ८३ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ९७ करोड ७ लाख नाफा कमाएको बैंकको नाफा गत आवमा ४३.८७ प्रतिशतले नाफा बढेको हो ।

खुद ब्याज आम्दनी वृद्धिसँगै र बैंकको नाफा पनि उल्लेख्य बढेको हो । गत आवमा खुद ब्याज आम्दानी २५.६७ प्रतिशतले बढाएर ६ अर्ब ३८ करोड ७ लाख खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७ करोड ७५ लाख रहेको थियो । गत आर्थिक वर्षमा बैंकको निक्षेपमा २१.२१ प्रतिशतले वृद्धि भएर १ खर्ब ७६ अर्ब ७६ करोड ७७ लाख पुग्दा कर्जा ११.२२ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब ३६ करोड ९८ लाख पुगेको छ । कर्जा ११ प्रतिशतले मात्रै वृद्धि हुँदा पनि कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) बढाउँदा बैंकको खुद ब्याज आम्दानी बढेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३.३१ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर आर्थिक वर्ष २०७८/७९ मा ४.३६ प्रतिशत पुगेको छ । जसले बैंकको खुद ब्याज आम्दानी बढेको छ ।

यस्तै बैंकले गत आवमा सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) भने बढेको छ । अघिल्लो आवमा ४७ करोड ५३ लाख प्रोभिजन गरेको बैंक्ले गत आवमा ५६ करोड २२ लाख प्रोभिजन गरेको छ ।

आम्दानीमा वृद्धि सँगै कर्मचारी खर्च बढेपनि नाफा बढेको हो । बैकको कर्मचारी खर्च २ अर्ब २ करोड ३९ लाखबाट बढेर २ अर्ब ३४ करोड १५ लाख पुगेको छ । बैंकको सञ्चालन मुनाफा ३२.६८ प्रतिशतले वृद्धि भएर तिन अर्ब ९८ करोड ८२ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा बैंकले ३ अर्ब ५८ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

नाफा बढेसँगै गत आवमा बोनस सेयर मार्फत पूँजी बढाउँदा पनि बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ बढेको छ । अघिल्लो आवमा १४ रुपैयाँ २० पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आवमा १९ रुपैयाँ २७ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ भने १३६ रुपैयाँ १३ पैसाबाट बढेर १४४ रुपैयाँ १ पैसा पुगेको छ । अघिल्लो आवमा १३ अर्ब ८७ करोड ८५ लाख चुक्ता पूँजी रहेको बैंकको गत आवमा बोनस सेयर मार्फत चुक्ता पूँजी १४ अर्ब ७१ करोड १२ लाख पुर्‍याएको छ ।

यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ७.९ प्रतिशतबाट बढेर ९.५७ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा ०.९६ प्रतिशत नै रहँदा पूँजी पर्याप्तता अनुपात १३.७१ प्रतिशतबाट घटेर १२.९८ प्रतिशत कायम भएको छ । कर्जा–निक्षेप अनुपात ८५.१२ प्रतिशत रहेको बैंकले गत आर्थिक वर्षमा सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?