
१८ साउन, दाङ । दाङमा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–५ का २९ वर्षका चमन बिक रहेको ईलाका प्रहरी कर्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीले पीडितको जाहेरीका आधारमा बिकलाई पक्राउ गरेको हो । घरमा कोहि नभएको मौका पारेर उनले बालिकलाई मंगलबार मकैबारीमा लगेर बलात्कार गरेको उजुरी आएको डीएसपी अर्यालले बताए ।
बालिकाले यौनअंग दुखेको आमालाई बताएपछि घटना बाहिर आएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4